Recent news

जिल्लाको परिचय

नेपालको ७ वटा प्रदेश मध्ये प्रदेश नं. २ को ८ जिल्ला मध्ये रौतहट पनि एक हो । यो जिल्लाको सिमाना पुर्वमा बागमती नदी ( सर्लाही जिल्ला), पश्चिममा धनसर र बकैया खोला (बारा जिल्ला), उत्तरमा चुरे पहाडको पानी ढलो (मकवानपुर जिल्ला) र दक्षिणमा नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना (भारतको बिहार राज्य) रहेकोे छ । रौतहट जिल्ला ८५°१४’देखि ८५°३०’पूर्वी देशान्तर तथा २६°४४’ देखि २७°१४’ उत्तरी अक्षांसमा फैलिएको पाइन्छ । यस जिल्लाको कूल क्षेत्रफल १,१२,६०० हेक्टर रहेको छ, जसमध्ये २९४०२.९८ हेक्टर वा २६.११% भू–भाग वन क्षेत्रले ढाकेको पाइन्छ । जिल्लालाई पूर्वमा वागमती नदी, पश्चिममा बारा जिल्लाको सिमाना हुदै धनसर खोला, उत्तरमा मकवानपुर जिल्लाको सिमानामा पर्ने चुरे पहाडको दक्षिणी मोहडाको पानीढलो र दक्षिणतर्फ नेपाल भारत अन्तराष्ट्रिय सिमानाले छुट्टाएको पाइन्छ । उचाई (Altitude) समुन्द्री सतहबाट  १५० मिटर देखि २५० मिटर सम्मको भु भाग तराई तथा भावर क्षेत्रमा फैलिएको छ, तर चुरे पहाडको भु भाग ८७२ मिटर सम्मको उचाईमा फैलिएको छ ।

     डिभिजन वन कार्यालय रौतहटको पछिल्लो तथ्यांक अनुसार जिल्लाको कुल क्षेत्रफल १,१२,६०० हेक्टर मध्ये वनको क्षेत्रफल २९४०२.९८ हेक्टर रहेको छ । साथै यस जिल्लामा १,०६,६५२ घरधुरीका ६,८६,७२२ मानिसहरु वस्छन् र औषत परिवार संख्या ६.४४ रहेको छ । डि.व.का. रौतहट, २०७६/०७७ का तथ्याङ्क अनुसार जिल्लाको कुल वनक्षेत्रको हस्तान्तरित सामुदायिक वन क्षेत्र ७५६५.५४ हे. (४३ वटा समूह, १ वटा प्रस्तावित समुह), साझेदारी वन क्षेत्र ११,९२७.९७ हेक्टर (३ वटा) र धार्मिक वन २६.३९ हे. (३ वटा) रहेका छन् । साथै यस जिल्लाको १०५२.९२ हेक्टर वनक्षेत्र धनसर ब्लक फरेष्टको रुपमा रहेको छ ।

       हावापानीको दृष्टिकोणले उष्ण समशितोष्ण रहको यस जिल्लामा गर्मीमा धेरै गर्मी हुने गर्दछ र तापक्रम क्रमश ४० डिग्री  से.ग्रे सम्म पुग्छ । गौर सदरमुकाममा रेकर्ड गरिएको अनुसार र ग्रिष्ममा अधिक्रतम तापक्रम क्रमश १९.६ डिग्री से.ग्रे. र ३१.५ डिग्री से.गे. रहेको छ । यस जिल्ला नजिकै रहेको सिमरा विमान स्थलको जलवायु नाप्ने यन्त्र अनुसार वर्षाको मौसममा ८० % वर्षा हुने गरेको र वर्षा भरिमा २९६८ मि.मी. वर्षा हुने गर्छ ।

   यस जिल्लालाई ४ संसदीय निर्वाचन क्षेत्र, ८ प्रादेशिक निर्वाचन क्षेत्र, १६ नगरपालिका र २ वटा गाउपालिकाहरुमा गरि जम्मा १८ स्थानिय तहमा विभाजन गरिएको छ ।

    यस जिल्लाको प्रमुख नदीहरुमा बागमती, बकैया, धनसर, लमहा (झाँझ), चांदी, पौराइ, अरुवा, हर्दिया हुन् । यी नदीहरु उत्तरबाट दक्षिण तर्फ बगेको छ । वन क्षेत्र भएर बग्ने यी  खोलाहरुबाट बर्षेनी लगभग १५ देखि २० लाख घन फिट ढुंगा, बालुवा, ग्रेभल गिट्ठी संकलन हुने गर्छ ।

   यस जिल्लाको कुल क्षेत्रफल मध्ये सबैभन्दा बढी कृषि भुमि (५८.३५%) र त्यसपछि वन क्षेत्र (२६.११%) रहको छ र बांकी भागमा घाँसे मैदान, नदी बस्ती, ऐलानी पर्ती र अन्य जग्गा रहको छ । जसको विवरण तालिका नं. १ अनुसार रहेका छन् ׀

तालिका नं.१M  भुउपयोगको बिवरण
क्र.सं. विवरण क्षेत्रफल (हेक्टर) प्रतिशत कैफियत
वनले ढाकेको क्षेत्र २९,४००.०० २६.११  
घाँसे मैदान ,००१.०० ०.८९  
कृषि भूमि ६५,६९९.०० ५८.३५  
ऐलानी पर्ती जग्गा ,१०९.०० १.८७  
नदी खोला बगर क्षेत्र ,००८.०० १.७८  
बस्ती (बसोवास क्षेत्र)  ,१०१.०० ७.२  
अन्य ,२८२.०० ३.८  
जम्मा   ,१२,६००.०० १००  

 

     तराईको समथल भु–भाग देखि चुरे पहाड सम्मको भौगोलिक विविधता भएको कारण यहां पाईने वनको किसिम र प्रजातीमा पनि विविधता पाईन्छ । यस जिल्लाको कुल भूभाग मध्ये चुरे (डाँडा) क्षेत्रमा ८,४२६ हेक्टर (७.५ प्रतिशत) र तराई (समथर) क्षेत्रमा १,०४,१७४ हेक्टर (९२.५ प्रतिशत) क्षेत्र रहेको छ । हावापानी र प्रजातीको आधारमा यस जिल्लाको वनलाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ ।

तालिका नं. २ वनको किसिमः

सि.न. वनको किसिम जम्मा वन क्षेत्र प्रतिशत कैफियत
साल (Sal) ,८८६.५० १६.६२  
साल तराई हार्डउड (STH) ,४०८.१० १८.३९  
तराई हार्डउड (TH) ,३७९.५० २८.५  
सिसौ खयर (SK) ,६१.६० २.५९  
खयर सिसौ (KS) ८५.८ ०.२९  
खुल्ला क्षेत्र १७७.४ ०.६  
नदी किनार ,२८०.३० ४.३२  
अन्य ,४२०.८० २८.५७  
जम्मा २९,४००.०० १००  

  रौतहट जिल्लाको पश्चिमतर्फको वनक्षेत्र बारा जिल्लाको वनक्षेत्र संग जोडिएकोले पर्सा राष्ट्रिय निकुञ्ज बाट समेत यस जिल्लामा वन्यजन्तुहरु विचरण गर्ने गर्दछन् । विशेष गरी यस भेगको जंगलमा पर्सा वन्यजन्तु आरक्षका हात्तीले समय समयमा दुःख दिने गरेको छ । यो क्षेत्रमा जरायो, बदेल, बाँदर र मृगको संख्या बढी भएको हुंदा राणाकालीन समयमा शिकारको लागि प्रसिद्घ क्षेत्र थियो । तर कालान्तरमा वनको विनास, अतिक्रमण र काठ दाउराको निकासीले जनावरहरुको संख्यामा कमी आएको छ । हाल वन गस्ती कडा पारिएकोले गर्दा लुकी छुपी हुने शिकार समेत नियन्त्रण हुन गई बदेल, हरिणको संख्या पहिले भन्दा बढेको महशुस जंगलको निरिक्षण एवं टुर गस्तीको वेलामा देखिने संख्याले पुष्टि गर्दछ । यस क्षेत्रको जंगल र वासस्थानको स्वरुप हेर्दा चित्तल, हरिण, वंदेल, चितुवा, बाघ, जरायो जस्ता वन्यजन्तुको विचरण हुने देखिन्छ । हाल पर्सा राष्ट्रिय निकुञ्ज बारा जिल्लाको बकैया नदिसम्म विस्तार भएकोले त्यस क्षेत्रहुंदै दुर्लभ एकसिङ्गे गडाको पनि आवतजावत यस रौतहट जिल्लाको वनक्षेत्रमा बढिरहेको देखिन्छ ।

    डिभिजन वन कार्यालयको रेकर्ड अनुसार रौतहटमा १०१ वटा काठ चिरान मिल, ७४ वटा फर्निचर उद्योग, १६० वटा इटाभट्टा, ६ वटा भेनियर उद्योग तथा एउटा चिनी मिल संचालनमा छन् । ती उद्योगहरु डिभिजन वन कार्यालयले लिलाम गरेको काठ (प्राकृतिक वन) बाट मात्र करिब १४∞ आपूर्ति गर्छन् र बा+की काठ दाउरा निजी जग्गामा रोपिएका मसला, सिसौं, आ“प र अन्य जातका रुखहरुबाट आपूर्ति गर्दै आएका छन् ।

यस जिल्लामा रहेको राष्टिय वन क्षेत्रको व्यवस्थापन तपसिलमा उल्लेखित Model बाट व्यवस्थापन भैरहेको छन

तलिका नं. ३  राष्ट्रिय वन व्यवस्थापनको तरिका

क्र.सं. वन व्यवस्थापनको तरिका aपरिमाण क्षेत्रफल (हे.)            कैफियत
सरकारद्वारा व्यवस्थित वन ८८२७.१८  
साझेदारी वन ११९२७.९७  
ब्लक फरेष्ट व्यवस्थपन १०५२.९२  
सामुदायिक वन ४३ ७५६५.५४  
धार्मिक वन २६.३९  
  जम्मा २९४००.००  

 

Copyright © 2022 DFO Rautahat. Designed By:IT Home