Recent news

कबुलियती वन

कबुलियती वन
कबुलियती वन भन्नाले तपसिलमा उल्लेखित उद्देश्यहरुको लागि प्रचलित कानून बमोजिम
स्थापित कुनै संस्था, वन पैदावारमा आधारित उद्योग वा समुदायलाई प्रदान गरिएको राष्ट्रिय
वन सम्झनु पर्छ ।
क)  वन पैदावारमा आधारित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न,बृक्षाराेपण गरी वन पैदावारको उत्पादनमा अभिवृद्धि गरी बिक्री वितरण गर्न वा उपयोग गर्न,
ख)  वनको संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय सञ्चालन गर्न,
ग)  वनको संरक्षण र विकास हुने गरी कृषि वन बाली कार्य सञ्चालन गर्न,
घ)  वनको संरक्षण र विकास हुने गरी कीट, पतङ्ग तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न ।
ङ)  गरिवीको रेखामूनि रहेका जनताको गरिवी न्यूनिकरण गर्न वनको संरक्षण र विकाश हुने
गरि तोकिए बमोजिम आय आर्जन हुने कार्यक्रम संचालन गर्न ।

Copyright © 2022 DFO Rautahat. Designed By:IT Home