२.१ डिभिजन वन कार्यालयको मूल उद्देश्य
वन सम्पदाको वैज्ञानिक व्यवस्थापन, वन क्षेत्रको रेखाङ्कन, नियन्त्रण र संरक्षँण गर्दै वातावरणीय सन्तुलनलाई समेत कायम राख्दै वन सम्पदाको उचित प्रयोग गरी वन श्रोतलाई पून सिर्जना हुन दिने प्रक्रिया अपनाउने तथा वैज्ञानिक तथा आर्थिक दृष्टिकोणले वढी महत्वपूर्ण हुने वन्यजन्तु र वनस्पतिको लेखाजोखा गरी दिगो व्यवस्थापन गर्ने र जन साधारणलाई आवश्यक पर्ने काठ, दाउरा, डालेघांस, जडिवुटी तथा अन्य वन पैदावारको न्यायोचित रुपमा वितरण गर्ने व्यवस्था मिलाउने ।
२.२ उद्देश्यहरु
- वन विकास सम्वन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वय गर्ने ।
- वन व्यवस्थापन वृक्षfरोपण तथा प्राकृतिक सन्तुलन सम्वन्धी जानकारी सर्वसाधारणलाई उपलव्ध गराई वन व्यवस्थापन कार्यमा जन सहभागिता परिचालन गर्ने ।
- वैज्ञानिक वन व्यवस्थापनको लागि कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने ।
२.३ प्रमुख कार्यहरु
- सर्वसाधारण जनतालाई दैनिक रुपमा आवश्यक पर्ने वन पैदावारहरु जस्तैः घाँसपात, काठ र दाउराको सतत् उत्पादन गरी आपूर्ति गर्ने ।
- राष्ट्रिय वन व्यवस्थापनको अतिरिक्त निजी वन व्यवस्थापन तथा सामुदायिक वन उपभोक्ताहरुलाई अभिप्रेरित गरी वन सम्पदाको व्यवस्थापन र वन पैदावारको विक्री वितरण गर्ने ।
- आर्थिक विकास र पारिस्थितिक सन्तुलनमा भू–संरक्षण र जलाधार व्यवस्थापनवाट प्रभावकारी टेवा पु¥याउने
- महत्वपूर्ण पारिस्थितिकीय प्रणाली र जैविक विविधताको संरक्षण र सम्वद्र्धन गर्ने ।
- मुख्य वन पैदावारको अतिरिक्त जडिवुटी तथा सुगन्धित वनस्पति र अन्य गैह्रकाष्ठ वन पैदावारहरुको सतत् उत्पादन गरी रोजगारीमा वृद्धि गर्ने एवं विक्री गरी राष्ट्रिय आयमा वृद्धि गर्ने ।