२०८१ फाल्गुन ८ गते , बिहीबार raudfo@gov.np || +977-055-540210 , +977-9855041823
मधेस प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय रौतहट नेपाल

Rautahat जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गतका जिल्लाहरु मध्ये कम वन क्षेत्र भएको जिल्ला हो । सरकारले सम्पूर्ण वन क्षेत्रलाई दिगो वन ब्यस्थापनका लागि वनलाई बिभिन्न किसिमको बर्गमा बर्गीकरण गरी उपयुक्त वन ब्यस्थापन पद्दति अपनाउदै आईरहेको छ । यो उत्तरमा चुरे पहाड देखि दक्षिणमा भारतको सिमाना सम्म फैलिएर रहेको छ । यसको उत्तर–दक्षिण औसत लम्बाई ४५.२७ कि.मि., पर्व–पश्चिम औसत चौडाई २७.४७ कि.मि. मा फैलिएर रहेको यस जिल्लाको स्वरुप झण्डै चरा आकारको रहेको देखिन्छ । यो जिल्ला नदीनाला र वनजंगल जस्ता प्राकृतिक श्रोत साधनमा पनि धनी नै मानिन्छ । यस जिल्लाको वन क्षेत्र अधिकांश उत्तर तर्फको चुरे र भावरमा पर्ने भएकोले सो क्षेत्रको भौगोलिक संरचनाको सम्बेदनशिलतालाई मध्येनजर राखी उक्त वनलाई संरक्षणमुखी व्यवस्थापनको आधारमा ब्यवस्थापन गर्दे आई रहेको छ । यी वनका अधिंकाश भागहरुहरु सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको रुपमा रहेको छ भने अन्य वनहरु सामुदायिक वन, कबुलीयती वन, सार्वजानिक तथा निजी वनको रुपमा ब्यवस्थापन गर्दै आई रहेको छन । यस जिल्लाको भौगोलिक संरचना आधारमा भावर चुरे क्षेत्रमा वन रहेको छ भने दक्षिण तराई क्षेत्रमा अधिक बसोबास क्षेत्र रहेको छ ।

 

हेमन्त प्रसाद साह डिभिजनल वन अधिकृत मो.९८५५०४१८२३ raudfo@gmail.com
view details
विमल कुमार ठाकुर सूचना अधिकारी 9854078519 admin@admin.com
view details