कबुलियती वन
कबुलियती वन भन्नाले तपसिलमा उल्लेखित उद्देश्यहरुको लागि प्रचलित कानून बमोजिम
स्थापित कुनै संस्था, वन पैदावारमा आधारित उद्योग वा समुदायलाई प्रदान गरिएको राष्ट्रिय
वन सम्झनु पर्छ ।
क) वन पैदावारमा आधारित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न,बृक्षाराेपण गरी वन पैदावारको उत्पादनमा अभिवृद्धि गरी बिक्री वितरण गर्न वा उपयोग गर्न,
ख) वनको संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय सञ्चालन गर्न,
ग) वनको संरक्षण र विकास हुने गरी कृषि वन बाली कार्य सञ्चालन गर्न,
घ) वनको संरक्षण र विकास हुने गरी कीट, पतङ्ग तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न ।
ङ) गरिवीको रेखामूनि रहेका जनताको गरिवी न्यूनिकरण गर्न वनको संरक्षण र विकाश हुने
गरि तोकिए बमोजिम आय आर्जन हुने कार्यक्रम संचालन गर्न ।


कबुलियती वन

